भारतमा एकै दिन ८२ हजार भन्दा बढीलाई कोरोना संक्रमण
छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ८२ हजार ८ सय भन्दाबढी संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९ सय ६८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३ सय ९६ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजारबढीको उपचार भइरहेको वल्डोमिटरले जनाएको छ ।
यस्तै, कोरोना संक्रमणका कारण भारतमा ६७ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६७ हजार ४ सय ८६ पुगेको छ ।