केनोशा पुगेका राष्ट्रपति ट्रम्पले प्रहरीको गोली लागेका पीडितका परिवारलाई भेटेनन्



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रहरीको गोली प्रहारबाट एकजना अश्वेत पुरुष सख्त घाइते भएको विस्कन्सिन राज्यस्थित केनोशा शहरको भ्रमण गरेका छन् । २३ अगस्टमा प्रहरीले त्यहाँ जेकब ब्लेकलाई गोली प्रहार गरेर घाइते बनाएपछि केनोशामा प्रदर्शनहरू भएका थिए ।

हिंसात्मक आन्दोलनको अवस्था सिर्जना भएपछि ट्रम्प कानुन कार्यान्वयनलाई बल दिन भन्दै त्यहाँ पुगेका हुन् । ट्रम्पले त्यहाँ गोली लागेका जेकब ब्लेकका परिवारलाई भने भेटेनन् । ब्लेकका परिवारले आफ्ना वकिलहरूको उपस्थितिमा भेट हुनुपर्ने भनेपछि नभेटेको ट्रम्पले बताए ।

त्यसअघि ब्लेकका बुवाले सीएनएनसँगको अन्तर्वार्तामा आफ्ना छोराको जीवन राष्ट्रपतिलाई भेट्नुभन्दा महत्वपूर्ण रहेको बताएका थिए ।
आफूले यो राजनीतिमा मिसिन नचाहेको र राष्ट्रपतिसँग जोडेर फोटो खिच्नुको कुनै अर्थ नभएको उनले बताए । ब्लेक परिवारका आफन्त एवम् साथीहरूले समेत त्यहाँ भएको ट्रम्पको भ्रमणको आलोचना गरेका छन् ।

ट्रम्पले प्रदर्शनबाट ध्वस्त भएका क्षेत्र पुगेर अमेरिकी प्रहरीले गरेका कार्यको प्रतिरक्षा गरेका थिए । तर त्यहाँ उनले सञ्चारमाध्यमहरूले प्रहरीहरू मुछिएका खराब घटनामा मात्र जोड दिएको आरोप लगाए ।

उनले त्यहाँका व्यापारिक नेताहरूसँग छलफल गर्दै ’त्यो शान्तिपूर्ण प्रदर्शनमा हुने काम नभएको’ बताए । देशको मध्यपश्चिममा रहेको उक्त शहरमा पुगेर ट्रम्पले ’त्यहाँ विध्वंस हुनुमा घरेलु त्रास’ जिम्मेवार रहेको बताए ।

ब्लेक परिवारकी एकजना साथी तान्या म्यालिनले ट्रम्प त्यहाँ ’त्रास फैलाउन, समूदायहरूलाई विभाजित गर्न र पुनर्निर्वाचित हुने अभीष्ट बोकेर पुगेको’ आरोप लगाइन् । मङ्गलवार ट्रम्पको भ्रमण हुनुअघि पूर्वउपराष्ट्रपति जो बाइडनले भनेका थिएः “आगो दन्किरहेको छ र हाम्रा राष्ट्रपतिले त्यसलाई निभाउन छाडेर त्यो फुँकिरहेका छन्।“

राष्ट्रपतिले बलियो कानुनी व्यवस्थालाई जोड दिइरहेको बताइरहँदा बाइडनले भने ’ट्रम्पले रङ्गभेदी विभाजनलाई उकासिरहेको’ आरोप लगाएका छन् । नोभेम्बरमा हुने राष्ट्रपति चुनावका मत सर्वेक्षणहरूमा डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनको अग्रता देखिए पनि ट्रम्पले त्यसलाई साँघुरो पार्दै लागेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीकी शीर्ष कूटनीतिज्ञ किएभमा, अमेरिकी चुनावले युद्धमा पार्नसक्ने प्रभावका लागि युक्रेन तयार

किएभ । जर्मनीकी शीर्ष कूटनीतिज्ञ सोमबार अघोषित भ्रमणमा युक्रेनी राजधानी किभ पुगेकी छन् ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा

  नयाँदिल्ली  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्यानाडाको एउटा हिन्दू मन्दिरमा भएको

अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति

तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इरानमा बी-५२ बमवर्षक विमान तैनाथ

जापानद्वारा रक्षा सञ्चार उपग्रहसहितको एच–थ्री रकेट प्रक्षेपण

टोकियो । जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच–थ्री