बेइजिङ्का विश्वविद्यालयमा पठनपाठनको तयारी



चीनमा नयाँ शैक्षिक वर्ष शुरू भएसँगै बेइजिङका क्याम्पस तथा विश्वविद्यालयले घर गएका विद्यार्थीहरूलाई कोभिड–१९ रोकथाम र नियन्त्रणका कडा उपायहरू अवलम्बन गर्दै फिर्ता बोलाउन थालेका छन् ।

नगरपालिका शिक्षा आयोगले उचित सतर्कता भएका विश्वविद्यालयहरूलाई अगस्ट १५ देखि क्रमशः खोल्न अनुमति दिइसकेको छ ।

मध्य अगस्तदेखि करिब १५ दिनको समयमा क्याम्पस तथा र विश्वविद्यालयका करिब एक लाख ७० हजारभन्दा बढी विद्यार्थीहरू बेइजिङ फर्किसकेका आयोगले जनाएको छ ।

सोमबारसम्म बेइजिङमा प्रतिदिन करिब १० हजारका दरले विद्यार्थीहरू प्रवेश गरेका उल्लेख गरिएको छ । शहरका झण्डै आधाभन्दा बढी विद्यार्थी नयाँ सेमेस्टरको पढाइका लागि आइसकेको बताइएको छ ।

पेकिङ युनिभर्सिटी (पीकेयू) ले मंगलबार तीन हजार ३००भन्दा बढी विद्यार्थीलाई स्वागत गरेको बताएको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि भन्दै तत्कालका लागि चीनले विद्यार्थीका अविभावकलाई क्याम्पसमा प्रवेश नदिने तर विद्यार्थीहरूले भने सङ्क्रमणबारे होसियारी अपनाउँदै विद्यालय प्रवेश पाउने छन् ।

विश्वविद्यालयले महामारी रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गरेको छ । विद्यार्थीहरूले क्याम्पसमा फर्किनु अघि न्यूक्लिक एसिड टेस्ट लिन आवश्यक छ र उनीहरूको स्वास्थ्य अवस्था र पञ्जीकरण गर्दा उनीहरूको पूर्व आगमनको बारेमा प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणको छानबिन गर्न राष्ट्रसङ्घीय निकायको आग्रह

काबुल । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय नियोगले अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणमा सर्वसाधारणसहित ४६

अजरबैजानको विमानलाई रूसी हवाई प्रतिरक्षा प्रणालीले गल्तीबस लागेको हुन सक्ने आशंका

काजकिस्तान । अजरबैजानको पश्चिमी काजकिस्तानमा बुधबार भएको विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले

पाकिस्तानमा आन्दोलनमा सहभागी थप ६० जना सर्वसाधारण दोषी ठहर

इस्लामावाद । पाकिस्तानको सैन्य अदालतले गत वर्ष इमरान खानको रिहाईका लागि भएको आन्दोलनमा

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।