लद्दाखमा भारत र चीनका सैनिकबीच फेरि झडप



चीन र भारतको सीमाक्षेत्र लद्दाखमा दुई देशका सेनाहरुबीच फेरि झडप भएको छ । चिनियाँ सेनाले पूर्वी लद्दाखको सिमानामा भएको सहमति चीनले उल्लंघन गर्दा समस्या उत्पन्न भएको भारतीय पक्षको दावी छ ।

भारतीय सेनाले पाङ्गोङ सो तालमा चिनियाँ सैनिकहरुको उक्साहटपूर्ण कदमलाई रोकेको पनि दावी गरेको छ । सोमबार भारतीय सेनाले यसबारे विज्ञप्ति समेत सार्वजनिक गर्दै घटनाबारे जानकारी दिएको हो ।

यही साताको शनिबार र आइतबार राति दुई पक्षका सैनिकहरुबीच झडप भएको बताइएको छ । घटनापछि सीमाक्षेत्रमा तनावपूर्ण अवस्था रहेको भारतीय मिडियाले जनाएका छन् । यद्यपि झडपमा क्षति भएकोबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

यसअघि जुन १६ मा पनि २० भारतीय सैनिकको मृत्यु हुने गरी चिनियाँ र भारतीय सेनाबीच झडप भएको थियो । त्यसपछिका दिनमा दुबै पक्षका कमाण्डर तहका सैनिक अधिकृतहरुबीच वार्ता भए पनि व्यवस्थित निचोड निस्किन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र भारतले पृथ्वी–अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने

लस एन्जलस । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठठन (इसरो) ले आगामी मार्च

जापानमा आगलागीमा परी आठ जनाको मृत्यु

टोकियो । जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको छ। टोकियोको दक्षिणी भागमा

पाकिस्तानमा आतंकवादी आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद  । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६

श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

कोलम्बो । श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले