विदेशी पर्यटकलाई मलेसियामा थप समय प्रतिवन्ध



मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ । कोरोनाभाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।

विदेशी पर्यटकलाई लगाइएको प्रतिवन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पु¥याइएको पनि उनीहरुले बताएका छन् ।मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले टेलिभिजनमा सम्वोधन गर्दै विश्वभरी नै कोरोना सङ्क्रमितहरुको संख्या बृद्धि भइरहेकाले अन्तरदेशिय आवतजावतलाई निषेध गरिएको स्पष्ट पारे ।

उनले आफ्नै देशमा पनि सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढीरहेकोले अन्तरिक सतर्कता पनि उत्तिकै बढाउनु पर्ने आवश्यकतामा जोड दिए । बेलामा सचेत नभएर लापर्वाही गरिएमा अनियन्त्रित अवस्था सृजना हुनसक्ने चेतावनी पनि प्रधानमन्त्री यासिनले दिएका छन् ।

मलेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने अरु १२५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । थप प्रतिबन्धका दैनिक क्रियाकलापमा अवरोध खडा नगर्ने प्रायः व्यवसाय र विद्यालयहरू पुनः सुरु भइसकेका मुहिद्धिनले बताएका छन् । नाइट क्लबहरू र मनोरन्जन केन्द्रहरू बन्द रहनुको साथै अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरू प्रतिबन्धित भएको उनले बताए ।

मलेसियामा सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाईजर वा सावुनको प्रयोगमा ध्यान दिनेलगायतका आधारभूत स्वास्थ्य मापदण्डहरु भने पालना गरिरहनु पर्नेमा सवैले आह्वान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा

इजरायली हवाई आक्रमणमा लेबनानमा तीन जनाको मृत्यु, ३० घाइते

बेरुत । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको

इरानमा आतङ्कवाद विरोधी अभियानमा चार बिद्रोहीको मृत्यु

तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आइआरजीसी) ले शुक्रबार दक्षिणपूर्वी प्रान्त सिस्तान

रुसबाट ५६३ युक्रेनी सैनिकको शव फिर्ता

युक्रेन । युक्रेनले शुक्रबार रूसी अधिकारीहरूबाट ५६३ सैनिकहरूको शव प्राप्त गरेको बताएको छ