ब्रजिलका राष्ट्रपतिले पत्रकारलाई मुक्का बर्साउँछु भनेपछि…..



यदि सोमवार तपाईँले ब्रजिलको ट्विटर नियाल्नुभएको भए एउटा प्रश्न दोहोर्याइ तेहर्याइ आइरहेको देख्नुभयो होला । ‘राष्ट्रपति महोदय, तपाईँकी श्रीमती मिशेलीले किन फाब्रिसियो केरोसबाट १६ हजार डलर लिनुभयो?’भन्ने प्रश्न १० लाख पटक ट्विटरमा सोधिएको छ । उक्त प्रश्न सुरुमा राष्ट्रपति जाइर बोल्सोनारुलाई एक पत्रकारले आइतवार सोधेका थिए ।

भ्रष्टाचारसम्बन्धी एउटा काण्डमा आफ्नी पत्नी मुछिएकोबारे प्रश्न सोधेको भन्दै बोल्सोनारुले एक पत्रकारलाई कुट्ने चेतावनी दिएपछि उनको तीव्र आलोचना भइरहेको छ । ओ ग्लोबो पत्रिकाका पत्रकारलाई बोल्सोनारुले मुखमा मुक्का बर्साउन चाहेको बताएको रेकर्ड भएको थियो । भ्रष्टाचारविरुद्ध कडा हुने बताउँदै आएका बोल्सोनारुको व्यवहारको ओ ग्लोबोले निन्दा गरेको छ ।

राष्ट्रपतिको प्रतिक्रियाको विरोधमा ब्रजिलमा लाखौँ मानिसले सामाजिक सञ्जालमा उनलाई क्रोधित बनाउन त्यही प्रश्न सोधिरहेका छन् । राष्ट्रपति बोल्सोनारुका जेठा छोरा फ्लाभियो बोल्सोनारु रियो द जनिरो राज्यको विधानसभाका सदस्य हुँदा फाब्रिसियो केरोस उनका सहयोगी थिए । जुन महिनामा केरोसलाई सार्वजनिक कोष हिनामिना गरेको आशङ्कामा पक्राउ गरिएको थियो ।

कैयौँ बैंक खातामा शृङ्खलाबद्ध रूपमा करिब सवा दुई लाख डलर राखेकोबारे उनीमाथि अनुसन्धान भइरहेको छ । एउटा पत्रिकाले गरेको अनुसन्धानमा केरोसले राष्ट्रपतिकी पत्नी मिशेली बोल्सोनारुको ब्याङ्क खातामा सन् २०११ देखि सन् २०१६ को बीचमा २१ वटा चेकमार्फत् पैसा हालेका थिए । त्यतिखेर बोल्सोनारु राष्ट्रपति निर्वाचित भइसकेका थिएनन् ।

साथै केरोसकी श्रीमतीले पनि थप छवटा चेकमार्फत् उनको खातामा पैसा हालेको बताइएको छ । आइतवार राजधानी ब्रजिलियास्थित एक कथिड्रलको भ्रमणमा आएका राष्ट्रपति समक्ष पत्रकारहरू पुगेका थिए । ओ ग्लोबो पत्रिकाका पत्रकारले त्यही रकमबारे प्रश्न सोधेपछि राष्ट्रपतिले कुनै जबाफ नदिने बताएको पत्रिकाले उल्लेख गरेको छ ।

दोस्रो पटक फेरि पत्रकारले त्यही प्रश्न सोधेपछि बोल्सोनारुले मुक्का हान्न चाहेको जबाफ दिएका थिए । उपस्थित अन्य पत्रकारले त्यस्तो जबाफ धम्की हो कि होइन भनेर सोध्दा राष्ट्रपति केही बोलेनन् । ब्रजिलको सञ्चारमाध्यमहरूको सङ्गठनले बोल्सोनारुको प्रतिक्रियाको निन्दा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायलतर्फ प्रस्थान

  मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही सदस्य इजरायलतर्फ जान लागेका छन् ।  यो प्रयास दक्षिणी

सुडानको डार्फरमा जारी तनावप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

  सुडानको उत्तरी डार्फर क्षेत्रमा जारी द्वन्द्वका बारेमा बढ्दो चिन्ताजनक रिपोर्टप्रति संयुक्त राष्ट्रसङ्घका

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान