डाकरमा बस्ती नजिक ठूलो परिमाणमा रहेको अमोनियम नाइट्रेट हटाउन आदेश



बेरुतमा जत्तिकै बस्ती नजिकै रहेको सेनेगलको राजधानी डाकरस्थित बन्दरगाहमा ठूलो मात्रामा रहेको अमोनियम नाइट्रेट हटाउन भनिएको अधिकारीहरूले बताएका छन् । सेनेगलका अधिकारीहरूले राजधानी डाकरको एक बन्दरगाहमा रहेको २,७०० टन अमोनियम नाइट्रेट हटाउन भनिएको बताएका छन् ।

बेरुतमा विशाल विस्फोट भएपछि अमोनियम नाइट्रेटबारे संसारभरि चर्चा चुलिएको छ । डाकरको बन्दरगाहमा रहेको उक्त अमोनियम नाइट्रेट लेबननको राजधानी बेइरुतमा जत्तिकै बस्ती नजिकै रहेको छ । अधिकारीहरूले उक्त रसायन छिमेकी मालीमा पठाउन लागिएको ३,०५० टन मागको एक अंश भएको बताएका छन् । बन्दरगाहका अधिकारीहरूले यस अघि ३५० टन माली पठाइसकिएको बताएका छन् ।

सरकारले उक्त सामानका मालिकलाई डाकरदेखि ३० किलोमिटर टाढाको डायमनियाडियोमा भण्डारण गर्न भनिएको बताएका छन् । तर वातावरण मन्त्रालयले अझसम्म त्यो अनुरोधलाई अनुमति दिइसकेको छैन। सारिने स्थानको वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कन गरिनुपर्ने मन्त्रालयले बताएको छ । मन्त्रालयका एक अधिकारी बाबा ड्रामेले एएफपी न्यूज एजेन्सीलाई अमोनियम नाइट्रेट सेनेगल बाहिर लग्न भनिसकेका बताए ।

त्यो अमोनियम नाइट्रेटका मालिक को हुन् र मालीमा के गर्न लग्न लागिएको हो प्रस्ट भएको छैन । बन्दरगाहका अधिकारीले उक्त परिमाण कहिले त्यहाँ आइपुगेको थियो भन्ने मिति खुलाएका छैनन् ।

मालीमा हालै राष्ट्रपति इब्रहिम बुबाकर केयटालाई अपदस्थ गरिएकाले उत्पन्न वर्तमान राजनीतिक अस्थिरताका कारण उक्त परिणाम बाली लग्ने कार्य चुनौतीपूर्ण रहेको बताइएको छ । बेइरुतमा भएको विस्फोटले शहरमा ठूलो ध्वंश भएको छ। विस्फोटमा परेर २०० जनाभन्दा बढी मानिस मारिएका थिए र शहरभरिका भवनमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक