डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारका क्रममा रोबर्टको निधन भएको हो । ७२ वर्षीय रोबर्टको स्थानीय समय अनुसार शनिबार बेलुका मृत्यु भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको वक्तव्यमा उल्लेख छ । टम्पले भनेका छन् ‘रोबर्ट मेरो भाइ मात्र थिएन, उ मेरो अनि मिल्ने साथी पनि थियो।’

ट्रम्प अपरान्ह उपचाररत भाइलाई भेट्न अस्पताल पुगेका थिए । न्यूयोर्क सिटीको अस्पतालमा उपचाररत ७२ वर्षे भाइ रोबर्ट ट्रम्पलाई भेट्न गएका राष्ट्रपति ट्रम्पले भाइलाई गाह्रो भइरहेको बताएका थिए । तर उनलाई के रोग लागेको भन्ने खुलाइएको छैन । रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेड लगानीको व्यवस्थापन गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ

युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार