लडाकु समूहहरूबाट २० लाख अमेरिकी डलर मूल्यका क्रिप्टोकरेन्सी जफत गरेको अमेरिकी दाबी



अमेरिकी सरकारले विभिन्न लडाकु समूहहरूले क्रिप्टोकरेन्सी सड्कलन गरेर आफ्नो खर्च जुटाउन गरेको प्रयास विफल पारिएको दाबी गरेको छ । हमासको सैन्य समूह अल कसम ब्रिगेड, अल कायदा र इस्लामिक स्टेटजस्ता लडाकु समूहहरूले त्यसरी रकम सङ्कलन गर्ने प्रयास गरेका थिए । अमेरिकी अधिकारीहरूका अनुसार २० लाख अमेरिकी डलर मूल्यका क्रिप्टोकरेन्सीहरू जफत गरिएको छ ।

क्रिप्टोकरेन्सीका सयौँ खाता, चारवटा वेबसाइट र चारवटा फेसबुक अकाउन्ट पनि नियन्त्रणमा लिइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आतङ्कवादसँग सम्बन्धित कारबाहीमा पहिलो पटक यति धेरै मात्राम क्रिप्टोकरेन्सी फेला परेको हो । अल कसम ब्रिगेडले सामाजिक सञ्जाल र आफ्ना वेबसाइटहरू प्रयोग गरेर चन्दामा बिटक्वाईन लिने गरेको अमेरिकी सरकारको भनाइ छ ।

मन्त्रालयका अनुसार अमेरिकी अधिकारीहरूले एउटा वेबसाइट आफ्नो नियन्त्रणमा लिएर त्यसमार्फत् उक्त समूहलाई पठाइएको पैसा अन्तै मोडिदिए । अहिले सरकारले उक्त समूहलाई अमेरिकाबाट चन्दा पठाउने व्यक्तिहरूलाई कारबाही गर्ने तयारी गरिरहेको छ । सिरियामा भएका अल-कायदाका लडाकुहरूले हतियार किन्न टेलिग्राम नामक एपमार्फत् चन्दा मागेका थिए ।

अधिकारीहरूका अनुसार आईएसले एउटा वेबसाइट र फेसबुकमार्फत् कोरोनाभाइरसबाट जोगिन उपयोगी हुने भन्दै नक्कली पीपीई बेचेर रकम सङ्कलन गरेको थियो । नाम उल्लेख नगरिएका एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार ती लडाकुहरूलाई आफूले प्रयोग गरेका एपहरू सुरक्षित भएको भ्रम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ