लकडाउन गरिएको भोलिपल्ट न्यूजील्यान्डमा थप १८ जनामा कोरोना संक्रमण



न्यूजील्यान्डको सबैभन्दा ठूलो सहर अकल्यान्डमा पुनः लकडाउन गरिएको भोलिपल्ट १४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । तीन महिनासम्म न्यूजील्यान्डभित्र स्थानीय रूपमा सङ्क्रमण सरेको पाइएको थिएन । तर केही दिनअघि एउटै परिवारमा चार सङ्क्रमित फेला पर्दा अधिकारीहरू स्तब्ध भएका थिए । अहिले भेटिएका सङ्क्रमितमध्ये १३ जनाको सम्बन्ध उक्त परिवारसँग भएको बताइएको छ। अर्का व्यक्ति चाहिँ विदेशबाट फर्किएर क्वारन्टीनमा बसेका थिए ।

अकल्यान्डमा शुक्रवारसम्म लकडाउन कायम रहनेछ । प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफूहरुले विद्यमान परिस्थितिको गम्भीरता बुझ्न सक्ने बताइन् । यो परिस्थितिको अविलम्ब तर संयमित रूपमा र विधिवपूर्वक सामना गरिने उनको भनाइ थियो । उनले सबै सङ्क्रमितलाई अलग्गै राखिने र उनीहरूको सम्पर्कमा आएका केही मानिसहरू पनि क्वारन्टीनमा राखिने बताइएको छ ।

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि न्यूजील्यान्डको कामको विश्वभरि प्रशंसा हुने गरेको छ । अहिले फेरि अकल्यान्डमा हिँडडुल गर्न कडा प्रतिबन्ध लगाइएको छ भने देशभरि नै सामाजिक दूरीका उपाय अवलम्बन गर्न भनिएको छ ।

प्रधानमन्त्रीले सङ्क्रमण नियन्त्रणमा आउनुअघि केही फैलिने अनुमान गरिएको बताइन् ।स्वास्थ्यकर्मीहरू अहिले कसरी कोरोनाभाइरस फैलियो भनेर पत्ता लगाउन प्रयास गर्दैछन् । त्यसका लागि अहिले फेला परेका सङ्क्रमितहरूका परिवार र सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा

काबुल । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट आइएस समूहले गरेको आक्रमणको निन्दा

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

लस एन्जेल्स । क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ

‘अन्तिम क्षणसम्म’ लड्ने दक्षिण कोरियाली राष्ट्रपति युनको प्रतिबद्धता

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गत साता सैनिक शासन घोषणा

युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु

किएभ । युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रूसी आक्रमणमा परी कम्तीमा १०