बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल



लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको बिस्फोटका क्रममा एक सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् । बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मंगलबार बिस्फोट हुँदा १५० जनाभन्दा बढीको मृत्यु हुनुका साथै बन्दरगाह र त्यस वरपरका घरहरुमा व्यापक क्षति पुगेको थियो ।

अमेरिकी भूगर्भ इन्स्टिच्यूटले बिस्फोटबाट ३.३ म्याग्नीच्यूडको भूकम्प बराबरको धक्का महशुस गरिएको जनाएको छ । बिस्फोटका कारण कम्तीमा ६ हजार मानिस घाइते हुनुका साथै घर भत्केका कारण तीन लाखभन्दा बढी मानिस बिस्थापित भएका छन् । लेबनानको मुटुमा भएको यस बिस्फोटको जिम्मेवारी उच्च राजनीतिक नेतृत्वले लिनुपर्ने माग गर्दै सरकार विरोधी प्रदर्शनहरु हुन थालेका छन् ।

बेरुत भन्सार तथा बन्दरगाहका साथै सुरक्षा निकायहरुले बन्दरगाहमा भण्डारण गरिएको रसायन जोखिमपूर्ण अवस्थामा रहेको भन्दै तत्काल निर्णय लिन मन्त्रिपरिषदमा समेत प्रस्तावहरु यसअघि पठाएका भए पनि सरकारले बेवास्ता गर्दा ठूलो जनधनको क्षति भएको आम नागरिकको आक्रोश छ । फ्रान्सले घटनाको अनुसन्धान एवं उद्धारका लागि ठूलो समूह लेबनानमा परिचालन गरिसकेको छ । साथै कतार, रसिया र जर्मनीका उद्धारकर्मीहरु समेत बेरुतमा कृयाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट नाइजेरियामा १७ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको आगलागीमा परी कम्तीमा

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । प्यालेस्टिनी सशस्त्र समूह हमासले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्चर्यजनक प्रस्तावको विरोध

भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान अमृतसरमा अवतरण

अमृतसर। संयुक्त राज्य अमेरिकाबाट निष्कासित सयभन्दा बढी भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान

स्विडेनको एक शिक्षा केन्द्रमा बन्दुकधारीको आक्रमणमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा १० जनाको मृत्यु