भारतमा १३ लाख ८५ हजार भन्दा बढीलाई कोरोना संक्रमण



छिमेकी मुलुक भारतमा कोरोना भाईरस संक्रमितको संख्या १३ लाख ८५ हजार नाघेको छ । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ४ सय भन्दाबढी संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या १३ लाख ८५ हजार ४ सय ९४ पुगेको वल्डोमिटरमा उल्लेख छ ।

भारतमा तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । तीन दिनमा मात्रै भारतमा १ लाख ४५ हजार ८ सय १० जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म ८ लाख ८६ हजार २ सय ३५ उपचारपछि निको भएर घर फर्किएका छन् भने ४ लाख ६७ हजार १ सय ६३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको संख्या ३२ हजार ९६ पुगेको छ । यसैबीच सरकारले मार्च देखि बन्द रहेका सिनेमा हल आगामी महिनादेखि खोल्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी

मस्को । रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले फ्रान्सले युक्रेन युद्धको विषयमा मस्कोसँग ‘वार्ता’ गर्ने

सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत

म्याड्रिड। सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा कम्तीमा १० हजार

विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार

भारत। भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण