भारतको स्वतन्त्रता दिवसको अवसर पारेर कोभिड-१९ को खोप सर्वसाधारणका लागि उपलब्ध गराने तयारी



भारतीय चिकित्सा अनुसन्धान परिषद् आईसीएमआरले कोरोनाभाइरसविरुद्धको खोप अगस्ट महिनाको १५ तारिखसम्म सर्वसाधारणका लागि उपलब्ध हुन सक्ने बताएको छ । परिषद्ले खोपको परीक्षणमा संलग्न संस्थाहरूलाई पत्र लेखेर यस्तो जानकारी गराएको हो । भारतमा विकास भइरहेको उक्त खोप आईसीएमआर र हैदराबादस्थित भारत बायोटेक कम्पनी मिलेर बनाइरहेका छन् ।

क्लीनीकल परीक्षण पूरा भएमा अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसको अवसर पारेर यो खोप सर्वसाधारणहरूका लागि उपलब्ध गराउन सकिने आईसीएमआरको भनाइ छ । खोपको क्लीनीकल परीक्षणका लागि भारतका १२ संस्थालाई चुनिएको छ । आईसीएमआरका निर्देशक डा. बलराम भार्गवले जुलाई २ मा ती १२ संस्थालाई आगामी जुलाई ७ सम्ममा परीक्षणको स्वीकृति लिइसक्नुपर्ने बताएका छन् ।

पत्रमा उनले लेखेका छन्, ‘कोरोनाभाइरस रोक्नका लागि आईसीएमआरले विकास गरेको खोपको परीक्षण तीव्र गतिमा अघि बढाउनका लागि भारत बायोटेक कम्पनीसँग सम्झौता गरिएको छ।’ कोरोनाभाइरसको एउटा स्ट्रेन निकालेर यो खोप विकास गरिएको हो। क्लीनीकल परीक्षण पछि आईसीएमआर यो खोप अगस्ट १५ सम्ममा सर्वसाधारणसम्म पुर्याउन चाहन्छ ।

भारत बायोटेक पनि युद्धस्तरमा काम गरिरहेको छ। तर यो खोपको सफलता क्लीनीकल परीक्षणका लागि चुनिएका संस्थाहरूको सहयोगमा निर्भर गर्छ। । बायोटेक कम्पनी मार्फत विकास गर्न लागिएको खोपको नाम कोभ्याक्सीन हो । भारत बायोटेकले ट्विटरबाट जुन २९ तारिखमा यो खोपको मानव शरीरमा गरिने परीक्षणबारे जानकारी गराएको थियो । महाराष्ट्र सरकारले बनाएको कोरोना टास्क फोर्सका सदस्य डा. शंशाक जोशी यति कम समयमा खोप बनाउनु लगभग असम्भव भएको बताउँछन् ।

‘सामान्यतया एउटा खोप बनाउन दुई वर्ष लाग्छ। निकै छिटो काम गरिए पनि कम्तीमा १२ देखि १८ महिना लाग्छ । त्यसभन्दा अघि नै खोप बनाउने कुरा असम्भव छ।’ स्वास्थ्य विशेषज्ञ र इन्टरनेशनल एसोसिएशन अफ बायोएथिक्सका पूर्वअध्यक्ष डा. अनन्त भान पनि आईसीएमआरको योजनाले छक्क परेका छन् ।

उनी भन्छन्, ‘खोपलाई क्लीनीकल परीक्षणका लागि जुलाई ७ सम्ममा दर्ता गरिसक्न भनिएको छ। हालसम्म यसले प्री क्लीनीकल परीक्षणको अवस्था नै पूरा गरेको छैन भने कसरी अगस्ट १५ मा यसलाई सार्वजनिक गर्न सकिन्छ?’ के एक महिनाभन्दा कममा यो खोपसँग सम्बन्धित जोडिएका परीक्षण पूरा गर्न सकिन्छ ? के यो खोपको गुणस्तर बारे पहिलेदेखि नै धारण बनाई सकिएको छ?
बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट