इटलीमा युरोपेली मुलुकका पर्यटकका लागि आगमन खुला



इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गरेको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो ।

गर्मी मौसम शुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई पुनर्जीवित तुल्याउने आशाका साथ इटालीले उक्त कदम चालेको हो । पर्यटकहरूले भेनिस समेत महत्वपूर्ण पर्यटकीय क्षेत्रमा भ्रमण गर्न सक्नेछन् ।

तर ठूलो सङ्ख्यामा मानिसको कोरोनाभाइरसका कारण मृत्यु भएको इटाली भ्रमण गर्न पर्यटकलाई त्यति सहज भने हुने छैन । युरोपकै अन्य देश पनि महामारीको चपेटामा परेकाले निर्बाध र निःसंकोच इटाली घुम्न पर्यटकलाई मानसिक तनाब हुने अनुमान गरिएको छ ।

युरोपमै कोरोनाभाइरसका कारण हटस्पटका रुपमा रहेको इटालीमा शुरुआती दिनहरूमा ठूलो सङ्ख्यामा मानिसको मृत्यु हुनुका साथै कोरोना सङ्क्रमितको सङ्ख्या ठूलो थियो । हालसम्म इटालीमा ३३ हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस फैलन नदिने उपायस्वरुप इटालीले मार्च महिनाको शुरुआतदेखि नै लकडाउन जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा स्थायी युद्धविराम हुनुपर्नेमा हमासका अधिकारीको जोड

  प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त

बङ्गलादेशमा तापक्रम बृद्धिमा नयाँ रेकर्ड

  बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ

सन्तान विदेश जाने क्रम बढेपछि जापानमा औषतमा सात घरमध्ये एक घर खाली

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने

अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा