भारत छिमेकीका लागि खतरा बन्दै गएको पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणी



पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत छिमेकीका लागि खतरा बन्दै गएको टिप्पणी गरेका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हिन्दूवादी फासिष्टको संज्ञा दिँदै उनले भारतको छिमेक नीतिको आलोचना गरेका हुन् । इमरानले ट्वीट गर्दै भनेका छन्, ’मोदी सरकारले अपनाएको नाजी नीतिसरहको अहंकारयुक्त विस्तारवादी नीति छिमेकीका लागि खतरा बन्दै गइरहेको छ।’ इमरानले आफ्नो तर्क पुष्टि गर्न केही उदाहरण पनि दिएका छन् ।

उनी लेख्छन्, ’मोदी सरकारले बंगलादेशलाई नागरिकता कानुनमार्फत, नेपाल र चीनसँग सीमा विवादमार्फत् र पाकिस्तानलाई झुटो अभियानमार्फत् धम्क्याइरहेको छ।’ इमरानले ट्वीटमा काश्मीर मुद्दा पनि उठाएका छन्। उनले लेखेका छन्, ’भारतप्रशासित काश्मीरमा अबैध कब्जा जमाएर युद्ध अपराध गरेको भारतले पाकिस्तानप्रशासित काश्मीरमाथि पनि दाबी गरिरहेको छ।’ भारतीय अल्पसंख्यकलाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको मोदी सरकार ती अल्पसंख्यकका लागिमात्र नभई क्षेत्रीय शान्तिकै लागि खतरा बनेको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी

मस्को । रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले फ्रान्सले युक्रेन युद्धको विषयमा मस्कोसँग ‘वार्ता’ गर्ने

सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत

म्याड्रिड। सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा कम्तीमा १० हजार

विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार

भारत। भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण