पूर्वी भारत र बङ्ग्लादेशमा अम्पन आँधीले लाखौँ मानिस प्रभावित



पूर्वी भारत र बङ्ग्लादेशमा चक्रवात अम्पनले गरेको विध्वंशबाट लाखौँ मानिसहरू प्रभावित भएका छन् । अहिलेसम्म ८४ जनाको मृत्यु भएको पुष्टि भएको छ । शक्तिशाली आँधीले घरहरू भत्काउनुका साथै विद्युत् आपूर्ति प्रणाली बिगारिदिएको छ । दुवै देशमा चक्रवातको सम्भावित मार्गमा पर्ने स्थानबाट लाखौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

तर कोभिड १९ महामारीका कारण स्थानान्तरण निकै कठिन भएको थियो । मानिसहरूबीच दूरी कायम राख्नुपर्ने भएकाले आश्रयस्थल व्यवस्थापन गर्न पनि समस्या भएको थियो । धेरै मानिसले कोरोनाभाइरस सर्ने डरले आफ्नो घर छोड्न पनि नमानेको बताइन्छ । चक्रवात अम्पनको वेग १८५ किलोमिटर प्रतिघण्टासम्म थियो । त्यसबाट समुद्रमा पानीको सतह १५ फीटसम्म बढेको थियो । तर अहिले उक्त समुद्री आँधीको वेग घटेको छ ।

अम्पनलाई बङ्गालको खाडीमा सन् १९९९ पछि उत्पन्न भएका समुद्री आँधीमध्ये सर्वाधिक शक्तिशाली मानिएको छ । भारतको पश्चिम बङ्गाल राज्यका तीनवटा जिल्लामा अम्पनले ठूलो विध्वंश गरेको छ ।

बाङ्ग्लादेशमा हजारौँ घरहरू भत्किएका छन् तथा तटीय क्षेत्रका धेरै गाउँहरू डुबानमा परेका छन् ।

भारत र बाङ्ग्लादेशमा फैलिएको सुन्दरवन्स क्षेत्र प्रभावित भएको छ । भारतको कोलकातामा पनि समुद्री आँधीले क्षति पुर्याएको छ। त्यहाँ सडकहरू जलमग्न भए र विद्युत् आपूर्ति घण्टौँसम्म अवरुद्ध भयो । राज्यकी मुख्य मन्त्री ममता बनर्जीले कोलकातामा कोभिड(१९ले भन्दा समुद्री आँधीले ठूलो क्षति पुर्याएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सहरूलाई आदेश

  नयाँदिल्ली । गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको

बेइजिङमा रूसी विदेशमन्त्री लाभरोभ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता

मस्को । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता

युक्रेनलाई युद्ध जित्नसक्ने हैसियतमा ल्याउने ट्रम्पको भनाई

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नाटोमार्फत अत्याधुनिक हतियार उपलब्ध गराउने घोषणा

अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सामानहरूमा ३० प्रतिशत