डब्लुएचओले कोरोना भाइरसबारे लिएको नीतिबारे छानबिन हुने



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोरोना भाइरसबारे लिएको नीतिबारे स्वतन्त्र छानबिनका लागि सहमत भएका छन् । डब्लुएचओले महामारीविरूद्ध अख्तियार गरेको नीतिप्रति अमेरिकाले निरन्तर आलोचना गर्दै आएपछि यसका लागि स्वतन्त्र छानविन गर्ने सहमति सदस्य राष्ट्रहरूबीच भएको हो ।

डब्लुएचओको वार्षिक सम्मेलनमा भाग लिने देशहरूले पहिलो पटक पूर्णरूपमा भेला भई कोरोना भाइरसबाट सिर्जित संकटबारे अन्तर्रा्ष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्यांकन’ को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको हो ।

जसमा डब्लुएचओले कोरोना भाइरसको विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानविन र उनीहरूको सीमासमेत रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको सार्वजनिक भएको केही घण्टापछि नै यो निर्णय आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोभिड जनावरबाट भन्दा चिनियाँ प्रयोगशालाबाट उत्पन्न भएको हुन सक्ने ‘सम्भावना अधिक’

बीबीसी । अमेरिकाको बाह्य गुप्तचर निकाय सीआईएले कोभिड–१९ को उत्पत्तिबारे आफ्नो विगतको मूल्याङ्कनलाई

गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना’

मियामी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका

दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्ववर्ती अमेरिकी सरकारले दुई हजार पाउन्डको बमको प्रावधानमा

जापानमा रेल स्टेसनमा छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ

टोकियो । जापानको राजधानी टोकियोको एक रेल स्टेसनमा छुरा प्रहार गरी एक जनाको