आफूलाई उपचार गर्ने चिकित्सकको नामबाट राखे बेलायती प्रधानमन्त्रीले छोराको नाम
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले छोराको नाम चिकित्सकको नामबाट राखेका छन् । उनीहरुले छोराका नाम विल्फ्रेड लारी निकोलस जोन्सन राखेका छन् । कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएको बोरिसलाई उपचार गर्ने चिकित्सकको नामबाट उनीहरुले आफ्नो छोराको नाम राखेका हुन् ।
जोन्सन अस्पतालबाट डिस्चार्ज भएको केही दिनमा उनको छोरा जन्मिएको थियो । जोन्सनको उपचार दुई जना चिकित्सकले गरेका थिए । कैरीले इन्स्टाग्राममा बच्चाको तस्बिर राख्दै उसको नाम जोन्सनलाई उपचार गर्ने दुई चिकित्सकको नामबाट राखेको बताएकी छिन् । छोराको नाम विल्फ्रेड लउरी निकोलस जोनसन राखेका छन् । उनको बच्चाको दोस्रो मध्यम नाम निकोलस डाक्टर निक प्राइस र डाक्टर निक हार्टको नाममा छ जसले प्रधानमन्त्रीको उपचार गरेका थिए ।