लकडाउनका कारण विश्वव्यापी कार्बन उत्सर्जन आठ प्रतिशतले घट्ने



अन्तर्राष्ट्रिय ऊर्जा निकाय आइइएले कोरोनाभाइरस सङ्क्रमणको महामारीसँग जुझ्न विभिन्न देशमा लागु गरिएका लकडाउनका कारण विश्वव्यापी कार्बन उत्सर्जन कीर्तिमानी स्तरको ८ प्रतिशतले घट्ने जनाएको छ । उसका अनुसार योभन्दा पहिले सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीका बेला पनि ठूलो परिमाणमा उत्सर्जन घटेको थियो ।

तर अहिलेको घट्ने परिमाण त्योबेलाको भन्दा ६ गुना धेरै हुने उसले जनाएको छ । आइइएका अनुसार यसपाली एकदशक यताकै सबभन्दा कम परिमाणमा कार्बन उत्सर्जन हुनेछ । यात्रा तथा व्यापारमा लागेका बन्देजका कारण प्रदूषण घटेको छ । तर उक्त निकायले यसमा राम्रो मान्नुपर्ने अवस्था भने नरहेको बताएको छ । वैज्ञानिकहरूले कार्बन डाइअक्साइडको उत्सर्जनमा तत्काल कटौतीको वकालत गर्दै आएका थिए । तर त्यसको लागि अर्थतन्त्रनै ठप्प पार्नुपर्ने विषयमा उनीहरूले वकालत गरेका थिएनन् ।

यसपाली विश्वव्यापी बिजुलीको माग पनि पाँच प्रतिशतले घट्नेछ, जुन सन् १९३० को विशाल मन्दीको बेला यताको धेरै गिरावट हो । अचेल साताका अन्य दिनमा भइरहेको बिजुलीको खपत विगतमा सामान्यतया सप्ताहान्तको दिनमा हुने जत्तिकै पुगेको बताइएको छ ।

ऊर्जा कम्पनीहरूले धेरै क्षति बेहोरिरहेका छन् तर तीमध्ये नवीकरणीय ऊर्जा कम्पनीहरूले भने केही राम्रो प्रदर्शन गरिरहेका छन् । कम कार्बन उत्सर्जन गर्ने त्यस्ता ऊर्जाका स्रोतहरूबाट सन् २०२० मा विश्व बिजुली बजारको ४० प्रतिशतसम्म माग पूर्ति हुने देखिएको आइइएले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी

मस्को । रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले फ्रान्सले युक्रेन युद्धको विषयमा मस्कोसँग ‘वार्ता’ गर्ने

सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत

म्याड्रिड। सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा कम्तीमा १० हजार

विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार

भारत। भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण