कोरोना सङ्क्रमण रोक्न घरपालुवा जनावरलाई अनावश्यक नछुन चिकित्सकको सुझाव



मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिननलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना बिराला घरभित्रै राख्न सुझाव दिएका छन्।

दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशुचिकित्साविज्ञहरूले त्यस्तो सुझाव दिएका हुन्।

हालै न्यूयोर्कको ब्रोङ्क्स चिडियाखानाको बाघमा त्यसको स्याहार गर्ने मानिसबाटै कोरोनाभाइरस सरेको पाइएको थियो।

पशुचिकित्सकहरूले बिराला र कुकुर जस्ता घरपालुवा जनावरबाट तिनका मालिकमा भाइरस सर्ने जोखिम कमै भएको पाइए पनि तिनलाई घरभित्रै राख्न सुझाव दिएका छन्।

ती जनावरका भुत्लाबाट भाइरस सङ्क्रमण फैलिन जोखिम कम गर्न उनीहरूले त्यस्तो सुझाव दिएका हुन्। ब्रिटिश पशुचिकित्सक सङ्घले मानिसहरूलाई आश्वस्त पार्ने प्रयास गर्दै चिन्तिन भइहाल्नुपर्ने अवस्था नरहेको बताएको छ।

हङ्‌कङको सिटी विश्वविद्यालयकी डा. एन्जेल एल्मेन्ड्रोजले  भनिन्, “अहिलेसम्म घरपालुवा कुकुर वा बिरालोले मानिसमा कोभिड-१९ रोग सारेको प्रमाण छैन।” अध्ययनहरूले बिरालोमा अन्य बिरालोबाट भाइरस सरेको प्रमाण भेटिएको छ।

आफ्ना हातबाट जनावरका भुत्लामा भाइरस सर्न नदिन मानिसहरूले सावधानी अपनाउनुपर्ने सुझाव ब्रिटिश पशुचिकित्सक सङ्घकी प्रमुख ड्यान्येला डोस स्यान्टोसले दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिम्बावेमा वर्षाका कारण २४ जनाको ज्यान गयो

हरारे । जिम्बाब्वेमा गत अक्टोबरदेखि वर्षाको कारण कूल २४ जनाको मृत्यु भएको छ

हुथी विद्रोहीद्वारा यमनका १५३ कैदी रिहा

यमन । यमनका हुथी विद्रोहीले शनिबार १५३ जना ‘द्वन्द्वसँग सम्बन्धित’ कैदीलाई रिहा गरेको

सुडानको डार्फर क्षेत्रको अस्पतालमा ड्रोन आक्रमण हुँदा ३० जनाको मृत्यु, दर्जनौँ घाइते

डार्फर। सुडानको डार्फर क्षेत्रको अल–फशेरमा रहेको अन्तिम अस्पतालमा ड्रोन आक्रमण हुँदा ३० जनाको

हमासले गाजामा बन्धक बनाएका चार इजरायली महिला सैनिक रिहाइको क्षण, तस्बिरमा

बीबीसी । हमासले शनिवार थप चारजना इजरायली बन्धकहरू छाडेको छ। गत आइतबार गाजामा