कोरोनाभाइरसबारे सहयोग माग्ने अमेरिकी युद्धपोतका कमाण्डर पदमुक्त



आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी नौसेनाले जिम्मेवारीबाट हटाएको छ।

नौसेनाले एउटा विज्ञप्तिमार्फत् क्याप्टेन ब्रेट कोजिअरलाई जिम्मेवारीमुक्त पार्नु ‘नौसेना र देशको उच्चतम हितमा रहेको’ जनाएको छ।

यूएसएस थियोडोर रुजवेल्टका कमाण्डरले भाइरस सङ्क्रमणको जोखिम बढेकोले जहाजमा रहेका चार हजारभन्दा बढी नौसैनिकहरूको जीवनरक्षा गर्न आफ्नो नेतृत्वलाई पत्र लेखेका थिए। जिम्मेवारीबाट हटाएपछि नौसेनाको नेतृत्वले क्रोजिअरले ‘चेन अफ कमाण्डबाहिर गएर काम गरेको’ जनाएको छ।

क्रोजिअरले उक्त पत्रमा प्रभावित सैनिकहरूलाई पानीजहाजबाट हटाउन र एक्ल्याएर राख्न ‘निर्णायक कदम’को माग गरेका थिए। नौसेनाका कार्यवाहक प्रमुख थोमस मोड्लीले कमाण्डर क्रोजिअरले ‘निकै कमजोर निर्णयक्षमता प्रदर्शन गरेको’ जनाएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त पत्र ‘सञ्चारमाध्यमलाई चुहाइएको’ कारण क्रोजिअरलाई हटाइएको बताए। यो साताको सुरुमा क्रोजिअरले सहायता माग्दै लेखेको पत्रले धेरैको ध्यान खिचेको थियो।

उनले लडाकु विमानहरू बोक्ने उक्त विशाल पानीजहाजमा रहेका थुप्रै सैनिकहरूलाई क्वारन्टीनमा राख्नुपर्ने बताएका थिए।

चार पृष्ठ लामो नौसेनाको नेतृत्वलाई लेखिएको विस्तृत पत्रमा सङ्क्रमणको फैलावटसँग जुझ्नका लागि युद्धपोतमा स्थान अभाव भएको उल्लेख थियो।

क्याप्टेन क्रोजिअरले लेखेका थिए: “हामी युद्धमा छैनौँ। त्यसैले नौसैनिकहरू मर्ने अवस्था आउनु हुँदैन।” उक्त पत्र सान फ्रानसिस्को क्रोनिकलले सबैभन्दा पहिले छापेको थियो।

अहिले प्रशान्त महासागरको पश्चिममा पर्ने अमेरिकी भूभाग ग्वाम टापुमा ‘यूएसएस थियोडोर रुजवेल्ट’ रोकिएको छ। अहिलेसम्म उक्त युद्धपोतमा रहेका कम्तिमा एक सय जनामा भाइरसको सङ्क्रमण पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म

पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

भ्याटिकन सिटी । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर

पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने

वार्सा । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’ भित्र युक्रेन र रुसबीच

रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन

बीबीसी । रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित