इन्टरपोलका पूर्वप्रमुख मङलाई चीनमा साढे १३ वर्ष जेलसजाय



घुसखोरीको आरोप लागेका अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका पूवर्प्रमुखलाई एक चिनियाँ अदालतले १३ वर्ष छ महिनाको जेलसजाय सुनाएको छ।

मङ खुङ्वे इन्टर्पोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए। सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए।

भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिन्पिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको थियो। मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको स्वीकारेका छन्।

तिआन्जिन नं. वान पिपल्स कोर्टले ५६ वर्षीय मङलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ। अदालतका अनुसार मङले फैसलाविरुद्ध पुनरावेदन नगर्ने बताएका छन्।

इन्टर्पोलको मुख्यालय रहेको फ्रान्सबाट सन् २०१८ को सेप्टेम्बरमा चीन गएका मङ बेपत्ता भए। इन्टरपोल प्रमुखका रूपमा उनको कार्यकाल सन् २०२० सम्म थियो।

तर इन्टर्पोलका अनुसार मङ हराएको भनेर उनकी श्रीमतीले बताएको केही दिनपछि उनले राजीनामा दिए। पछि अक्टोबरमा चिनियाँ अधिकारीहरूले उनलाई पक्राउ गरिएको पुष्टि गरे। घुस लिएको अभियोगमा उनीमाथि छानबिन भइरहेको अधिकारीहरूले बताए।

मङले व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग र परिवारको “निकै खर्चालु जीवनशैली”का लागि राज्यकोषको अनुचित प्रयोग र कम्युनिस्ट पार्टीका सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाइएको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको ‘सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्सेप्शन’ का अनुसार उनलाई पार्टीबाट निकाला गरी सबै सरकारी पदबाट बर्खास्त गरियो।

अदालतमा सुनुवाइका क्रममा गत वर्ष मङले गल्ती अस्वीकार गरेका थिए। हाल फ्रान्समा राजनीतिक शरण लिइरहेकी मङकी श्रीमतीले उनीमाथि लगाइएका आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको बताएकी छन्।

भ्रष्टाचार विरुद्धको चिनियाँ राष्ट्रपति सीको अभियान उनका कतिपय राजनीतिक प्रतिद्वन्द्वीहरूको आवाज दबाउने कार्यका लागि समेत प्रयोग गर्ने गरिएको आलोचकहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव

वासिङ्टन । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए)ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गरेको

ट्रम्पद्वारा मध्यपूर्वसम्बन्धी नीतिमा ठूलो परिवर्तनको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको मध्यपूर्वसम्बन्धी नीतिमा दशकौँ यताको

जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने

  टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा

चिनियाँ विज्ञान प्रविधि सङ्ग्रहालयमा दर्शकको चाप

बेइजिङ । चीनका विज्ञान–प्रविधि सङ्ग्रहालय (सीएसटीएम) सन् २०२५ मा ३० लाखभन्दा बढीले भ्रमण