अमेरिकाको भर्जिनिआमा बन्दुकसम्बन्धी र्‍यालीअघि आपत्‌काल घोषणा



बन्दुक राख्न पाउने अधिकारको समर्थनमा अमेरिकाको भर्जिनिआ राज्यको रिचमन्ड शहरमा हजारौँ मानिस सोमवार एउटा वार्षिक र्‍यालीमा सहभागी हुने अपेक्षा गरिएको छ।

उक्त र्‍याली हिंसात्मक हुन सक्ने राज्यका अधिकारीहरूको आशङ्का छ। गभर्नर राल्फ नर्थमले भर्जिनिआमा आपत्‌कालीन अवस्थाको घोषणा गर्दै संसद्‌ भवन वरिपरिका क्षेत्रमा गोलीगट्ठाको प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्। बन्दुक राख्न पाउने पक्षमा यो र्‍याली वार्षिक रूपमा गरिँदै आएको छ।

तर बन्दुक राख्न पाउने नियम हुँदाहुँदै नियन्त्रण गर्ने कैयौँ विधेयक ज्यानुअरीमा पारित गरिएपछि सो अभियानका पक्षधरहरू क्रुद्ध बनेका छन्।

बन्दुक राख्न पाउने अधिकारको समर्थक समूह द भर्जिनिआ सिटिजन्स डिफेन्स लीगले आयोजना गर्न लागेको र्‍यालीमा ५० हजार मानिसहरू सहभागी हुने अपेक्षा गरिएको छ।

छिमेकी राज्यहरूबाट भर्जिनिआ जाने बसहरूको टिकट सप्ताहान्तअघि नै विक्री भइसकेको विवरणमा जनाइएको छ।

सशस्त्र मिलिसिआ, दक्षिणपन्थी अतिवादी र स्थानीय एन्टिफा अथवा एन्टिफासिस्ट मुभमेन्टसहितका समूहहरू पनि ‍र्‍यालीमा सहभागी हुने अपेक्षा गरिएको छ।

सन् २०१७ मा शार्लट्सभिलमा भएको हिंसात्मक झडपमा सहभागी द पेनसिलभेनिआ लाइट फूट मिलिसिआको नेतृत्व गरेका क्रिस्टिआन यिङ्गलिङले ‍र्‍यालीमा ठूलो सहभागिता हुने आफ्नो विश्वास रहेको  बताए। उनले भने, “म धेरै मानिस सहभागी भएको हेर्न चाहन्छु।”

“सामाजिक सञ्जालहरूमा भइरहेका चर्चाबाट मैले थाहा पाए अनुसार टेक्सस र इलिनोईलगायत धेरै टाढादेखि मिलिसिआजस्ता थुप्रै मानिस आउँदैछन्।” र्‍याली शान्तिपूर्ण हुने आफ्नो आशा रहे पनि त्यस्तो नहुने आफूलाई डर रहेको क्रिस्टिआनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत