डढेलोका कारण अस्ट्रेलियाको न्यू साउथ वेल्समा सङ्कटकाल घोषणा



डढेलोको खतरा झन् बढेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकाल घोषणा गरिएको छ।

प्रख्यात शहर सिड्नी रहेको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र तेज हावा चल्ने पूर्वानुमान छ जसले डढेलोको खतरा अझै बढाउने बताइएको छ।

सेप्टेम्बरदेखि डढेलोले अस्ट्रेलियामा १८ जनाको ज्यान लिइसकेको छ भने भिक्टोरिया र न्यू साउथ वेल्समा १,२०० घर खरानी भएका छन्। यो हप्ता मात्रै कम्तीमा १७ जना मानिसहरू हराइरहेका छन्।

हजारौँ मानिस न्यू साउथ वेल्सका खतरा मानिएका शहरबाट निस्किएका छन् र ती शहरमा अत्यावश्यक सामान कम हुँदै गएको छ।

मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने कार्यलाई अहिलेसम्मकै सबैभन्दा ठूलो स्थानान्तरण भनिएको छ। सङ्कटकाल शुक्रवार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि सुरु हुने र सात दिन रहने बताइएको छ।

प्रान्तीय सरकारले अगामी हप्ताको अवस्था गत हप्ता जत्तिकै नराम्रो हुनसक्ने बताएको छ। गत हप्ता डढेलोले सयौँ घरमा नोक्सान पुर्‍याएको थियो।

यसअघि अधिकारीहरूले न्यू साउथ वेल्सको २६० किलोमिटर लामो तटीय क्षेत्र शनिवार अगावै खालि गर्न निर्देशन दिएका थिए।

यसको असरका रूपमा सिड्नी र राजधानी क्यानबेरा जाने सडकहरूमा जाम भएका छन् र पेट्रोल पम्पहरूमा लामो लाइन लागेको छ।

डढेलोको धुँवाको कारण क्यानबेराको वायु प्रदूषण बिहीवार अहिलेसम्मकै खराब बनेको थियो। अस्ट्रेलियाको हुलाक कार्यालयले पत्रसम्बन्धी कार्यहरू अगामी सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा

च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको

चीनमा निर्मित विमानद्वारा व्यावसायिक उडान सुरु

  चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर

प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद भवनको उद्घाटन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो