यस्ता छन् ट्रम्पलाई महाभियोग लगाउने मिल्ने प्रमाण



अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ।

ट्रम्प-युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मङ्गलवार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको छ।

समितिले राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध पुर्‍याएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन्।

राष्ट्रपतिले साक्षीहरूलाई तर्साउन खोजेको अनि कर्मचारीहरूलाई समितिले गरेको बोलावट अटेर गर्न दबाव दिएको पनि आरोप लागेका छन्।

समितिका अध्यक्ष एडम शिफले ट्रम्पले आफूलाई कानुनभन्दा माथि ठानेको र शक्ति दुरुपयोग गरेको प्रशस्त प्रमाण रहेको बताएका छन्।

वाशिङ्टनस्थित बीबीसी संवाददाता क्रिस बक्लर भन्छन्, “ती कुनैपनि आरोप राष्ट्रपति ट्रम्प वा उनको दलका नेताहरूका निम्ति नौलो भने हुनेछैन। तर यो सबै प्रयत्नलाई राजनीतिक रूपले प्रेरित अभियान भन्दै आएका ट्रम्प थप आक्रोशित भने हुनेछन्।”

ह्वाइट हाउसले उक्त प्रतिवेदनको विरोधमा तीखो प्रतिक्रिया दिँदै त्यसलाई एकपक्षीय र नक्कली प्रक्रिया भनेको छ।

राष्ट्रपति ट्रम्पले व्यक्तिगत राजनीतिक स्वार्थलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थभन्दा माथि राखेको उक्त प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रपतिले सन् २०२० मा हुने आगामी राष्ट्रपतीय निर्वाचनमा आफ्नो स्थिति बलियो बनाउने उद्देश्यले महिनौँसम्म युक्रेनबाट वैदेशिक हस्तक्षेप खोजिरहेको प्रतिवेदनमा लेखिएको छ।यो प्रतिवेदन ट्रम्पलाई पदबाट हटाउनका निम्ति आधार तयार पार्ने हिसाबले आएको छ।

दुई महिनाभन्दा धेरै समयदेखि सङ्कलन गरिएको १७ जना साक्षीहरूको बयानमा सो प्रतिवेदन आधारित छ। राष्ट्रपति ट्रम्पले आफूले कुनै गल्ती नगरेको र आफूविरुद्ध योजनाबद्ध तरिकाले निरन्तर विपक्षी खनिइरहेको बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस।  अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मंगलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण

आगलागीबाट नाइजेरियामा १७ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको आगलागीमा परी कम्तीमा

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । प्यालेस्टिनी सशस्त्र समूह हमासले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्चर्यजनक प्रस्तावको विरोध

भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान अमृतसरमा अवतरण

अमृतसर। संयुक्त राज्य अमेरिकाबाट निष्कासित सयभन्दा बढी भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान