ब्रेक्जिटका लागि समय थप्न प्रधानमन्त्री जोनसनद्वारा इयूलाई पत्राचार



ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यूरोपेली संङ्घ (इयू) छोड्ने ब्रेक्जिट सम्झौताका लागि समय थप गर्न गर्न इयूलाई अनुरोध गरेका छन्।तर यस्तो अनुरोधसहितको पत्र उनले बिनाहस्ताक्षर पठाएका छन्।

कानुनी रूपमा बाध्य भएर पहिलो पत्र पठाएका जोनसनले लगत्तै हस्ताक्षर गरेको अर्को पत्र पठाएर समय थप गर्नु गल्ती हुने लेखेका छन्।संसद्‍मा आफूले गरेको सहमतिविनाको अर्थात नो डिल ब्रेक्जिटको सम्भावना बारेको प्रस्ताव पारित नभएपछि अक्टोवर ३१ को समयसीमा थप्नका लागी इयूलाई आग्रह गर्न प्रधानमन्त्री कानुनी रूपमै बाध्य भएका हुन्।

इयू काउन्सिलका अध्यक्ष डोनल्ड टुस्कले ब्रेक्जिट सम्झौता विलम्ब गर्न अनुरोधसहितको पत्र प्राप्त गरेको ट्विट गरेका छन्।अब ‘कस्तो कदम लिने’ भन्नेबारे इयूका नेताहरूसँग छलफल गर्ने उनले बताएका छन्।

संसद्‍मा शनिवार भएको ऐतिहासिक मतदानमा हारेको केही घण्टापछि प्रधानमन्त्रीले एक वरिष्ट कूटनीतिज्ञलाई समय थप गर्न अनुरोध गरेको पत्र पठाउन लगाएका थिए। यस्तो पत्र पठाउन सासंदहरूले उनलाई गत महिनानै बाध्य पारेका थिए।

प्रधानमन्त्रीको हस्ताक्षरसहित गएको दोस्रो पत्रमा चाहिँ ब्रेक्जिटबारे विलम्ब गर्नु गल्ती हुने उनले व्यक्तिगत रूपमा विश्वास गरेको प्रष्ट पारेका छन्।

उक्त पत्रमा गत साता इयूका नेताहरूसँग सहमति भए अनुसारको संशोधित ब्रेक्जिट सम्झौता पारित गर्न सरकारले जोड दिने र त्यो अक्टोवर ३१ सम्ममा गरिसक्नेमा प्रधानमन्त्री विश्वस्त रहेको उल्लेख गरिएको छ।

ब्रसेल्सस्थित यूकेका प्रतिनिधि सर टिम ब्यारोको पत्रले सांसदहरूसँग भएको सहमति अनुरूप प्रधानमन्त्रीले पहिलो पत्र पठाएको प्रष्ट पारेको छ।यसअघि प्रधानमन्त्री जोनसनले इयूलाई ब्रेक्जिट सम्झौताको समय थप गर्न अनुरोध गर्नुभन्दा आफू “सङ्घर्ष गर्दा गर्दै मर्न तयार रहेको” बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत