त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित



काठमाडौँ । नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो ।

जितका लागि नेपालले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९ दशमलव चार ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।

नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले अविजित सर्वाधिक ९८ रन जोडिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन् । फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा अविजित ४८ रन जोडिन् ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ६२ रन योगदान दिइन । उनले ५१ बलमा पाँच चौका प्रहार गर्दै ६२ रन जोडेकी हुन् ।

त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडिन् । रुविना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी सात रनमा नटआउट रहिन् ।

नेदरल्याण्ड्सका लागि आइरिस विलिङले दुई विकेट लिइन भने कारोलिन डे लाङ र हिथर सिगर्सले समान एक–एक विकेट लिए ।

नेदरल्याण्ड्ससँग खेलेका तीनै खेलमा नेपाल पराजित भएको छ । पाँच खेलमा छ अङ्कका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ भने पाँच खेलमा अङ्कविहीन नेपाल तालिकाको अन्तिममा छ । अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता रहेको छ । सबै टोली एकापसमा तीन खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेशका पक्षमा सत्तापक्ष एकभएर उभिने, कुनै बेमेल नभएको जिकिर

काठमाडौं। सरकारले संसद्मा प्रस्तुत छवटै अध्यादेश संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने

भन्सारका जाँचपास मेसिन नियोजित ढङ्गले बिगारेर चोरीपैठारी !

  काठमाडौँ । संसदको अर्थसमितिले नेपालगञ्जदेखि वीरगञ्जसम्मका विभिन्न भन्सार कार्यालय तथा छोटी भन्सार

सेनालाई प्रधानमन्त्रीको आग्रहः फाष्टट्रयाक आयोजनाको सुरु बिन्दु खोकनाको जग्गा अधिग्रहणको प्रस्ताव ल्याउनु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग

रवि लामिछाने चितवन प्रहरीको हिरासतमा

चितवन । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक