आहा ! रारा पोखरा गोल्ड कप सुरू, उद्घाटन खेलमा पुलिस क्लब विजयी
काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई पराजित गरेको छ ।
पोखरा रङ्गशालामा मङ्गलबार भएको उद्घाटन खेलमा पुलिसले सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
पुलिसका लागि उज्वल राईले ३६औं मिनेटमा कर्नरबाट गरेको गोल नै जितका लागि पर्याप्त भयो । जितसँगै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
यस प्रतियोगितामा कुल १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ३ विदेशी टोली रहेका छन् । प्रतियोगिताको फाइनल फागुन ३ मा हुनेछ।
उपाधि विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ । गत संस्करणमा त्रिभुवन आर्मी क्लबले उपाधि जितेको थियो ।