एनआरटी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा



धरान । साविक विजेता एनआरटी २५ औँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

अन्तिम क्वार्टरफाइनल खेलमा काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ को गोल अन्तरले पराजित गर्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा एनआरटीले आक्रामक खेल प्रदर्शन गर्यो ।

खेलको ४८ औँ मिनेटमा आशिष गुरुङको पासमा शिशिर लेखीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको १२ मिनेटपछि सरोज घिसिङले टिमको दोस्रो गोल थपेका थिए । काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरका लागि ६५ औँ मिनेटमा खमिर ग्लिसन लिम्बूको पासमा रोबर्ट खोङ्जङले एक गोल फर्काएका थिए ।

तर, खेलको ७९ औँ मिनेटमा एनआरटीका सुमित श्रेष्ठको पासमा रोहन खड्गीले गोल गर्दै टिमको जित सुनिश्चित गरे । उत्कृष्ट प्रदर्शन गरेबापत एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित भए । उनले ट्रफीसहित नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा ! रारा पोखरा गोल्ड कप सुरू, उद्घाटन खेलमा पुलिस क्लब विजयी

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले

पारा एथलेटिक्स टोली दुबई जाने

काठमाडौँ । दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालका ३ खेलाडीले प्रतिस्पर्धा

महिला टी–२० शृङ्खलामा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृङ्खला अन्तर्गत आफनो चौथो खेलमा

अर्जुन ट्रफी क्रिकेटमा सिवाइसी अत्तरियाको दोस्रो जित

कैलाली ।  धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरियाले लगातार दोस्रो