जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई



सिन्धुपाल्चोक । जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको भलिबल जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक सिन्धु योङ स्टारलाई २–० को सेटमा पराजित गर्दै मेलम्ची–७ ले उपाधिसहित एक लाख नगद शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ ।

दोस्रो भएको आयोजकले ६५ हजारमा चित्त बुझाएको छ । त्यस्तै जुगल गाउँपालिकालाई पराजित गर्दै सृजनशिल युवा क्लब मेलम्ची–७ ले तेस्रो स्थानसहित नगद ३५ हजार र शिल्ड मेडल प्राप्त गरेको आयोजक क्लबका सुनबहादुर घलेले जानकारी दिए।

बिजेतालाई प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, वडा अध्यक्ष किरणदिप खडकालगायतले पुरस्कार प्रदान गरे । जनता माध्यमिक विद्यालय मेलम्ची–९को खेलकुद मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो ।

मेलम्ची, हेलम्बु र पाँचपोखरी शिक्षक भलिबल प्रतियोगिता तेर्से माविमा सुरु

मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४औँ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकास्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको शुक्रबार मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङले एक कार्यक्रमकाबीच उद्घाटन गरे । प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख तामाङले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले योजनावद्धरुपमा काम गरिरहेको उल्लेख गर्दै विद्यालयका अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यालयमा नृत्य प्रशिक्षक तथा खेल शिक्षकको व्यवस्थापन गर्ने कामको सुरुवात गरिएकोमा आगामी दिनमा त्यसलाई सबै विद्यालयसम्म प्रभावकारी रुपमा पुर्याउने गरी काम भइरहेको बताए।

विद्यालय प्राङ्गणमा सञ्चालित प्रतियोगितामा पहिलो दिन लिग चरणमा खेल सञ्चालन भएका छन् । पहिलो चरणको सुरुको खेलमा आयोजक तेर्से माविले थाङ्पाल भ्यालीलाई पराजित गर्दै विजेता बन्न सफल भएको छ भने हेलम्बु मोडेल स्कूलले इन्द्रेश्वरी माविलाई, ज्योतिभञ्ज्याङ् आविले बतासे माविलाई, जाल्पादेवी मावि जैसिगाउँले सिन्धुपुरानागाउँ माविलाई, बालसुधार माविले धौलेश्वरी आविलाई र चण्डिका माविले सर्वोदय माविलाई पराजित गर्दै बिजेता बन्न सफल भएका छन् । लिग चरणका बाँकी खेलसहित शनिबार क्वाटरफाइनलका खेल हुने आयोजकले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० सिरिजमा नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको

टाइगर कप भलिबलमा टाइगर ग्रुप पोखरा फाइनलमा

कास्की । आयोजक टोली टाइगर ग्रुप पोखरा पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा

महिला त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा थाइल्याण्डसामु जितका लागि

टस जितेर थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ,।  त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ