तनहुँका रवीन बने कायाक ‘च्याम्पियन’



 

नवलपुर । त्रिशूली र नारायणी नदीमा आयोजना गरिएको ३५ किलोमिटर राष्ट्रिय कायाक प्रतियोगितामा तनहुँका रवीन गुरूङ विजेता बनेका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदीको छिम्केश्वरी क्याम्पबाट नवलपुरको गैँडाकोट–५ स्थित नारायणी नदीको कुसुमघाटसम्मको दूरी दुई घण्टा २८ मिनेट २६ सेकेण्डमा पूरा गर्दै रवीन विजेता बनेका हुन् ।

गण्डकी प्रदेश खेलकुद विकास समितिले शुक्रबार आयोजना गरेको राष्ट्रिय कायाक प्रतियोगिताको विजेता बनेका उनले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा उपविजेता तनहुँका प्रमोद गुरूङ भएका छन् । उनले निर्धारित दूरी दुई घण्टा २८ मिनेट ४५
सेकेण्डमा पूरा गर्दै नगद  १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

देशभरका ११ जिल्लाका २५ खेलाडीको सहभागिता रहेको प्रतियोगितामा उदयपुरका कृष्ण खड्काले दुई घण्टा ३० मिनेट २२ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएका छन् । उनले  १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजकले जनाएको छ ।

धनकुटाका विजय माझीले दुई घण्टा ३० मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै चौथो स्थान प्राप्त गर्दै पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा निर्धारित दूरी दुई घण्टा ३३ मिनेट पाँच सकेण्डमा पार गर्दै गोरखाका सुरेन्द्र चेपाङ सान्त्वना भएका छन् । उनलाई नगद  तीन हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेताहरूलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्मा, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा समितिका सदस्य सचिव शर्माले नेपालमा खेलाडीहरू खेलेरै जीवनयापन गर्ने अवस्थामा आइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० सिरिजमा नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको

टाइगर कप भलिबलमा टाइगर ग्रुप पोखरा फाइनलमा

कास्की । आयोजक टोली टाइगर ग्रुप पोखरा पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा

महिला त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा थाइल्याण्डसामु जितका लागि

टस जितेर थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ,।  त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ