इन्दु बर्माको कप्तानीमा त्रिकोणात्मक महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा
काठमाडौं । त्रिकोणात्मक महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
३० जनवरीदेखि ७ फेब्रुअरीसम्म हुने टी२० आई प्रतियोगितामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् । टोलीमा पूजा महतो र अलिशा कुमारी यादव पनि परेका छन् ।
यस्तै पूर्वकप्तान रुबिना क्षेत्री र सीता रानामगर टोलीमा निरन्तरता पाउँदा बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट छन् ।