प्रधानमन्त्री कप महिला क्रिकेटमा आर्मीको दोस्रो जित, कोशी पराजित



धनगढी । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई नाै विकेटले हराएको हो । जितसँगै आर्मी क्लब सुपर फोरनजिक पुगेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको कोशीले सात ओभरमा पाँच विकेटको क्षतिमा ३६ रन बनायो । उसका लागि स्मृति कटुवालले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला सुरु हुँदा खेल २० ओभरबाट सातमा झारिएको थियो ।

बलिङतर्फ आर्मीका लागि प्लेयर अफ दी म्याचसमेत भएकी ममता चौधरीले तीन तथा सुस्मिता भुसालले दुई विकेट लिइन् ।

आर्मी क्लबले ३७ रनको विजयी लक्ष्य ६ .२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि सम्झना खड्काले अविजित ३२ रनको पारी खेलिन् ।

यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ दी सिरिजलाई ५० हजार तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी र बागमती प्रदेश राष्ट्रिय पुरूष बास्केटबलको फाइनलमा

कास्की । घरेलु टोली गण्डकी प्रदेश र बागमती प्रदेश पोखरामा सञ्चालन भइरहेको ‘पोखरा

अम्पायरमाथि प्रश्न उठाएको भन्दै नेपाल क्रिकेट संघद्वारा सन्दीपमाथि कारबाही

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि

खो खो विश्वकपमा पुरुषतर्फ पनि नेपाल उपविजेता

काठमाडौं । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली

करातेमा नेपाललाई ६ स्वर्णसहित २५ पदक

काठमाडौं ।  नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५