सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता



सिन्धुपाल्चोक । मंगलबारदेखि सिन्धुपाल्चोकस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुरु भएको छ ।

एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस खेलले सुकुटे क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले यहाँ हुने यस्ता खेलले सुकुटेसँगै, जुगल हिमाललगायत क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

अध्यक्ष दाहालले भलिबल, क्रिकेट, फुटबललगायत खेल नेपालमा लोकप्रिय रहेको बताउँदै आफ्नो तर्फबाट खेल क्षेत्रको विकासमा सहयोग रहने बताए ।

प्रतियोगितामा ६ प्रदेश, तीन विभागीयसहित ३६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता यही माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तयार भयो सहिदस्मृति रङ्गशाला

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको

प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

  बैतडी  प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि धनगढीमा सुरू भएको

बागमती गोल्डकप फुटबल फागुनमा

हेटौँडा। सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ।

मधेशलाई हराउँदै आर्मी एलिट कप क्रिकेटको फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लव एलिट कप क्रिकेटको फाइनलमा पुगेको छ