मधेशलाई हराउँदै आर्मी एलिट कप क्रिकेटको फाइनलमा



काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लव एलिट कप क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको तेस्रो खेलमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

मधेशले दिएको २८ रनको सामान्य लक्ष्य आर्मीले ६ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि इमरान शेखले ८ तथा तृतराज दासले १३ रन जोडे ।

पवन कार्कीले ४ रन जोडेको खेलमा बसिर अहमदले ४ रन थपे । त्यसअघि ब्याटिङमा मधेसले दोस्रो इनिङमा सबै विकेट गुमाएर १५० रनमात्र बनाएपछि आर्मीले २८ रनको लक्ष्य पाएको हो । मधेबाट दोस्रो इनिङमा मयन यादवले सर्वाधिक ४९ रन बनाए ।

अर्धशतक बनाउन एक रनले चुकेका ८७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कप्तान हरिशंकर साहले २५ रन थपे । अभिषेक तिवारीले १९, निरज यादवले १७ र हिमांशु दत्तले ११ रन जोडे । आर्मीका बसिर अहमेदले चार विकेट लिए ।

२०.१ ओभर बलिङ गरेका बसिरले सात मेडन फ्याँक्दै २३ रन खर्चिए । साहब आलमले तीन विकेट लिए । आकाश चन्दले दुई विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

  बैतडी  प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि धनगढीमा सुरू भएको

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता

सिन्धुपाल्चोक । मंगलबारदेखि सिन्धुपाल्चोकस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय

बागमती गोल्डकप फुटबल फागुनमा

हेटौँडा। सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ।

मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा

खाँदबारी । मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी