अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत



 

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले मंगलबार प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उहाँहरूलाई पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको नेतृत्व सरकार गठन भएपछि खेलाडी एवं प्रशिक्षकलाई प्रदान गरिने  पुरस्कारमा करकट्टीको व्यवस्था खारेज भएको छ ।

गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिपमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवान तथा चीनको हाइजाओमा गत असोज १देखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याम्यियनसिपमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलाई  प्रधानमन्त्रीेले पुरस्कार प्रदान गरे ।

यसैगरी उनले  गत साउन १७ देखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बीच महिला तथा पुरुष भलिबलका  विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पनि पुरस्कार प्रदान गरे ।

खेलका माध्यमबाट देशको गरिमा अन्तर्राष्ट्रिय जगतमा वृद्धि गरेकामा खेलाडीहरूको सराहना गर्दै प्रधानमन्त्री ओलीले खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल र अठोटका साथ प्रतिस्पर्धा गर्न सुझाव दिए । सामूहिक भावनालाई आत्मसात् गर्दै मैदानमा उत्रनुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन २०८७ हुन्छ भन्ने प्रधानमन्त्रीको भनाईको एमाले नेता भट्टराईले गरे बचाऊ

काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले संविधान संशोधन २०८७ सालमा हुने प्रधानमन्त्री

सासु आमा र बुहारी छोरी

डा. गोविन्दशरण उपाध्याय । एउटा गाउँमा विधुवा बुहारी र सासु सँगै बस्थे ।

अञ्जलालाई हुने यही कुरा रवि लामिछानेको हकमा किन नभएको ?

नारायण गाउँले । ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई धरौटीमा छोड्ने निर्णय एकदम जायज

खोटाङको बुइपाका चार टोलमा आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध

खोटाङ । खोटाङको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित चार वटा टोलका स्थानीयले आयातित