आर्मीद्वारा बागमती पराजित



 

काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो चरणको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा बिहीबार भएको खेलमा आर्मीले बागमती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

आर्मीको जितमा दुवै गोल विमला चौधरीले गरिन् । उनले खेलको पहिलो हाफमा एक गोल गरिन भने खेलको दोस्रो हाफमा अर्को गोल थपिन । विमलाले खेलको २५औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाइन् । त्यस्तै उनले खेलको ७१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै आफ्नो टोलीलाई जित दिलाइन ।

आर्मीले लिगको पहिलो चरणको खेलमा पनि बागमतीलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । प्रतियोतिामा दोस्रो चरणमा विभिन्न पाँच टोली सहभागी छन् । आगामी माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागीय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी, वालिङ नगरपालिका र बागमती सहभागी छन् । शुक्रबार पुलिस र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप महिला क्रिकेटमा कञ्चनपुर र डडेल्धुरा विजयी

  बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार

जय ट्रफीमा आर्मी र पुलिसको खेल बराबरीमा

  काठमाडौँ । जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी

हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट

नुवाकोटमा झिल्टुङ ‘क्रसकन्ट्री’ दौड हुने

  काठमाडौँ । नुवाकोटको बेलकोटगडी नगरपालिका–५ नुवाकोटको आयोजना तथा एथ्लेटिक्स परिवार नेपालको प्राविधिक