जनकपुरलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा



काठामाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा जनकपुर बोल्टसलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले जनकपुरलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

जनकपरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । सुदुरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धसतकीय पारी खेले ।

उनले ५५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। यस्तै अर्का ओपनर सेफ जैब २१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३२ रन बनाएर आउट भए ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २५ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो ।

जनकपुरले बिहीबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बलात्कारका घटना सबैभन्दा बढी कोसीमा, सबैभन्दा कम गण्डकीमा

काठमाडौं ।  नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ ।

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो

सहिद स्कुलले जित्यो ‘ कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि

  कास्की । गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित गण्डकी विश्वविद्यालयले आयोजना गरेको दोस्रो संस्करणको

८४ को चुनाव सम्पन्न गरेर मात्रै यो सरकार आफ्नो बाटो लाग्छः सञ्चारमन्त्री  गुरूङ

  काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक सङ्कटमा पर्दा नेपालका