पूजाको उत्कृष्ट प्रदर्शनमा कुवेतविरुद्ध नेपालको जित



काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । मंगलबार यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा भएको खेलमा क्याप्टेन पूजा महतोले दुबै ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जित सुनिश्चित गरिन् ।

उनले कुवेतविरुद्ध शतक प्रहार गरिन् । पूजा १९ वर्षमुनिको महिला टोलीका लागि अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनिन् । २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो ।

कुवेतका लागि जिफा जिलानीले ३६ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर २ विकेटको क्षतिमा २१३ रन बनाएको थियो ।

नेपालका लागि पूजाले शतक प्रहार गरिन् । पूजाले ६९ बलमा अविजित १३० रन बनाइन् । उनले ५७ बलमा १२ चौका प्रहार गर्दै शतक पूरा गरिन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो ।

नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो । प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । यु १९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविसँग एक करोड धरौटी माग

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड

इन्दु बर्माको कप्तानीमा त्रिकोणात्मक महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । त्रिकोणात्मक महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

सभामुखलाई माओवादीको जवाफः विधेयक रोकिएकोबारे सत्तापक्षलाई सोध्नु

काठमाडौं । नेकपा माओवादीले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरूमा ढिलाई भएको आरोप

एन्फा यु–१६ युथ लिग फुटबलः चर्च ब्वाइजले पुलिसलाई हरायो

काठमाडौँ । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबले विभागीय