यु–१९ एसिया कपको खेल तालिका सार्वजनिक



काठमाडौं । एसीसी यु–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको हो ।

यस्तै नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशसँग र अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तान खेल्नेछ । युएईमा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन् ।

प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए ।

गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मंसिर २३ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँलाई

मकवानपुर । बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको छ । शनिबार

क्यानद्वारा यू–१९ महिला टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ महिला टी–२० विश्वकपका लागि नेपाली टोली

प्रधानमन्त्री कप महिला क्रिकेटमा अछामको सान्त्वना जित

  बैतडी । प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगितामा अछामले

खोटेहाङले शुरू गर्‍यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङ ।  खोटाङकाे खोटेहाङ गाउँपालिकामा छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको