वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी



 

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली प्रदेश आ–आफ्ना खेलमा विजय भएका छन् ।

प्रतियोगिताअन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा २० दशमलव ५ ओभरमै सबै विकेट गुमाई ७५ रनमा सीमित भएको थियो ।

कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए । वागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३ दशमलव ५ ओभरमा २ मेडन राख्दै ६ रन मात्र दिए ।

यस्तै दयानन्द मण्डलले ३ विकेट र दीपक सेरलाले २ विकेट लिए । ७६ रनको विजयी लक्ष्य पाएको वागमतीले १८ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ५५ रनमा सीमित हुन पुग्यो । वागमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरी र अनुज चनराले तीन÷तीन विकेट लिए ।

आजै वैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको रोमाञ्चक खेलमा मधेसले लुम्बिनीलाई १ विकेटले पराजित गरेको छ । यस खेलअघि  प्रतियोगितामा लुम्बिनी एकमात्र अपराजित टोली रहेको थियो ।  टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सबै विकेट गुमाई ७० रनको योगफल बनायो ।

लुम्बिनीका समिर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याटरले दोहोरो अङ्कलाई छुन सकेनन् । मधेसका प्लेयर अफ द म्याच अभिशेख तिवारीले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा १६ रन दिए ।

७१ रनको लक्ष्य पाएको मधेसले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मधेसका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्बिनीका रमेह कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए ।

लिगको सबै खेल सम्पन्न हुँदा सुदूरपश्चिम ६ खेलमध्ये ५ मा जीत र १ मा पराजित हुँदै १० अङ्कका साथ पहिलो स्थानमा उक्लिएको छ भने लुम्बिनी ६ मध्ये ५ खेलमा जीत र १ खेलमा पराजित हुँदै १० अङ्कका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।

यस्तै गण्डकी ६ खेलमा विजयी र ३ खेलमा पराजित हुँदै ६ अङ्कका साथ तेस्रो, मधेस ६ मध्ये ३ खेलमा विजयी र ३ खेलमा पराजित हुँदै ६ अङ्कका साथ नेट रन रेटमा पछि पर्दै चौथो स्थानमा, वागमती ६ मध्ये २ मा जीत र ४ खेलमा पराजित हुँदै ४ अङ्कका साथ पाँचौ स्थानमा, कर्णाली ६ मा २ मा विजयी र ४ खेलमा पराजित हुँदै ४ अङ्कका साथ छैठौँ स्थानमा र कोसी ६ खेलमा १ मा जीत र ५ खेलमा पराजित हुँदै २ अङ्कका साथ पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो र नारा सार्वजनिक

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग

फाल्गुनन्द गोल्डकपमा न्यू स्टारमाथि गोलको वर्षा

  पाँचथर । न्यू स्टार क्लब सुनसरीको पोस्टमा गोलको वर्षा गर्दै मछिन्द्र फुटबल

महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा

चितवन । आगामी जनवरीमा मलेसियामा हुने महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द

कुशल मल्ल इन्टरनेशनल लिग टी–२० मा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्लले संयुक्त अरब इमिरेट्स (यूएई)