एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक



काठमाडौँ । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् ।

इण्डोनेसियाको जकार्तामा बिहीबार भएको उक्त प्रतियोगिताको पुरुष ८० किलोमुनि तौलको फाइनलमा बराल इण्डोनेसियाका खेलाडीसँग पराजित भएका थिए ।

यसअघि उनले फाइनल यात्रा तय गर्न इण्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई पराजित गरेका काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए ।

प्रतियोगितामा २६ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा बरालसँगै नेपालबाट १० खेलाडी सहभागी छन् । उनीसँगै ६ खेलाडी क्योरोगी तथा बाँकी चार खेलाडी पुम्सेमा सहभागी छन् ।

ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बने । त्यस्तै, पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी-२० आई सिरिजमा नेपालद्वारा अमेरिका १७ रनले पराजित

काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले घरेलु टोली अमेरिकालाई पराजित गरेको छ

अस्ट्रेलियालाई आठ विकेटले हराउँदै दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिका आइसीसी टी–२० महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त

  काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक

साफ महिला फुटबलमा भारतद्वारा पाकिस्तान पराजित

    काठमाडौँ । राजधानीमा बिहीबारदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको