ऐतिहासिक कास्य पदक विजेता पलेशा सम्मानित



 

काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कास्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई  नगदसहित सम्मान गरेको छ ।

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घद्वारा बुधबार आयोजित एक कार्यक्रममा लेपलेशालाई  एक लाख ३८ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो । यसैगरी प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।

व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसापत्रबाट सम्मानित भए । पलेशाका पिता प्रदीपलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्याम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सी, काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

सोही अवसरमा आजै सिद्धार्थ बनस्थली इन्टिच्युटले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो । प्रिन्सिपल बन्सीले पलेशालाई  ५० हजार नगदसहित सम्मान गरे । आजै काठमाडौँ महानगरपालिका–८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान गरयो । वडाध्यक्ष आसामान सङ्गतले पलेशा र प्रशिक्षकलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे ।

फ्रान्सको पेरिसमा गत भदौ महिनामा भएको के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि सर्वियाकी खेलाडी मरिजा मिसेभलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमनसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

  मिलान । सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर

‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको हृदयघातबाट निधन

काठमाडौं । केही दिनअघि मात्रै ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको

यु–२० एसियन कप छनोटका लागि चाइनिज ताइपेइ जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी यु–२० एसियन कप छनोटका