काभा महिला भलिबलमा पुलिसले श्रीलङ्काको एयर फोर्सलाई हरायो



काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा श्रीलङ्का एयर फोर्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
माल्दिभ्सको राजधानी मालेमा सोमबार भएको खेलमा पुलिसले श्रीलङ्का एयर फोर्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित हासिल गरेको हो ।
पुलिसले श्रीलङ्का एयर फोर्समाथि पहिलो सेट २५–१६ ले जित्यो भने खेलको दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो । त्यसैगरी, खेलको तेस्रो तथा अन्तिम सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो । यसअघि हिजो भएको पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
 प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा पुलिसले भोेलि ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ । गत चैतमा भएको महिला भलिबल लिगमा एभरेस्ट भलिबल क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो । पुलिस लिग विजेताको हैसियतामा काभा महिला क्लब च्याम्पियनसिपमा खेल्न माल्दिभ्स पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमनसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ

ऐतिहासिक कास्य पदक विजेता पलेशा सम्मानित

  काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कास्य पदक

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

  मिलान । सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर

‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको हृदयघातबाट निधन

काठमाडौं । केही दिनअघि मात्रै ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको