महिला लिग फुटबलमा चन्द्रपुर र बागमतीबीचको खेल बराबरी



 

काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिका र बागमती युवा क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयका आइतबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडे । यो खेलसँगै चन्द्रपुरले चार खेलमा ६ अङ्क जोडेको छ । चन्द्रपुर अङ्क तालिकाको छैटौँ स्थानमा रह्यो ।

त्यसैगरी, बागमती पाँच खेलबाट चार अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा उक्लिएको छ । खेल अवधिभर दुवै टोलीका खेलाडी गोल गर्न सङ्घर्षरत रहेका थिए । तर सफल भने हुन सकेनन् ।

त्यसैगरी, आजै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । जितसँगै एपिएफ पाँच खेलबाट १३ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो । कर्णालीको भने यो लगातार चौथो हार हो । पाँच खेलबाट एक अङ्क मात्र जोडेको कर्णाली तालिकाको नवौँ स्थानमा यथावत् छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमनसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ

ऐतिहासिक कास्य पदक विजेता पलेशा सम्मानित

  काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कास्य पदक

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

  मिलान । सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर

‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको हृदयघातबाट निधन

काठमाडौं । केही दिनअघि मात्रै ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको