एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि



गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कास्कीको लामाचौरस्थित इन्द्र राज्य लक्ष्मीदेवी प्राङ्गणमा शनिबार भएको पुरुषतर्फको फाइनलमा एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस क्लबले उपाधि रक्षा गरेको हो ।

शुक्रबार खेलको दुई सेट सम्पन्न भएपनि खराब लाइटका कारण खेल शनिबारका लागि सारिएको थियो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो सेट भने गुमाउन पुग्यो। दोस्रो सेट पुलिस क्लबले २१–२५ ले गुमायो ।

तेस्रो सेट भने पुलिस क्लबले २५–१९ ले जित्दै खेल आफ्नो पक्षमा पा¥यो। तर चौथो सेट भने पुलिस क्लबले २५–२२ ले एपीएफलाई सुम्पियो।

निर्णायक तथा अन्तिम सेट पुलिस क्लबले १६–१४ ले आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै पुलिस क्लबले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एपीएफले १ लाख रुपैयाँ हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ऐतिहासिक कास्य पदक विजेता पलेशा सम्मानित

  काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कास्य पदक

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

  मिलान । सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर

‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको हृदयघातबाट निधन

काठमाडौं । केही दिनअघि मात्रै ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको

यु–२० एसियन कप छनोटका लागि चाइनिज ताइपेइ जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी यु–२० एसियन कप छनोटका