भारतद्वारा बङ्गलादेश पराजित



काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भारतले बङ्गलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा भारतले बङ्गलादेशलाई ३–० को गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पङ्गमबम र अर्जुनसिंह ओइनामले समान एक–एक गोल गरे ।

भारतले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । भारतका लागि गुग्मसार गोयारीले गोल गरे । त्यस्तै भारतले खेलको पहिलो हाफको अन्तिम समयमा अर्को गोल थप्यो । नाओबा पङ्गमबमले बङ्गलादेशी डिफेन्डरको खुट्टाबाट बल खोसेर सुन्दर फिनिस गर्दै गोल गरेका हुन् ।

यसैगरी भारतले खेलको अन्त्यतिर अर्को गोल थप्दै जित सुनिश्चत गर्यो । कप्तान इशान शिशोदियाको पासमा अर्जुनसिंह ओइनामले खेलको ९०औँ मिनेटमा तेस्रो गोल गरे ।

यस जितसँगै समूह ‘बी’मा रहेको भारतले तीन अङ्क जोडेको छ । समूह ‘बी’मा भारत, बङ्गलादेश र भुटान रहेका छन् । त्यस्तै समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रथम ‘झापा–१ काठमाडौं कप फुटसल’को उपाधि मेचीनगरलाई

काठमाडौं । प्रथम झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ

अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार राति

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

काठमाडौं ।  विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८

पोर्चुगलद्वारा पोल्यान्ड ५–१ ले पराजित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले पोल्यान्डलाई ५–१ ले हराएको छ