युरोपियन च्याम्पियनसीपमा फ्रान्सद्वारा नेदरल्यान्ड्स पराजित
काठमाडौँ । युरोपियन च्याम्पियनसीप छनोटअन्तर्गत फ्रान्स र बेल्जियमले शानदार जित हात पारेका छन् । गएराति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४–० गोलअन्तरको जित हात पार्यो ।
समूह ‘बी’ अन्तर्गतको खेलमा फ्रान्सलाई जित दिलाउन कप्तान कायलियन एमबाप्पेले दुई तथा एन्टोनी ग्रिजम्यान र डायोट उपामेकानोले एक–एक गोल गरे ।
समूह ‘एफ’ अन्तर्गत भने बेल्जियमले स्विडेनलाई ३–० ले पाखा लगायो । बेल्जियमको जितमा रोमेलु लुकाकुले ह्याट्रिक पूरा गरे । उनले ३५ औँ, ४९ औँ तथा ८२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।