केएफटिसी बूढासुब्बा गोल्डकपको फाइनलमा



धरान । धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणमा भारतको युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी)लाई पराजित गर्दै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) फाइनलमा प्रवेश गरेको छ ।

धरान–१६ स्थित रङ्गशालामा बुधबार भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसी फाइनलमा प्रवेश गरेको हो । केएफटिसीका लागि विदेशी खेलाडी यमी, सुशील राई र निशान लिम्बूले गोल योगदान गरे ।

खेलको २२औँ मिनेटमा केएफटिसीले खेलमा अग्रता लिएको थियो । यमीले विपक्षी दुई डिफेन्स र गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गरे । बदलामा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै खेल बराबरीमा पुर्याए । भुजेलले प्रतिक लामाको पासमा सानदार हेड गोल गरेका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केएफटिसीले थप दुई गोल गरी टिमलाई विजय सुनिश्चित गरेको थियो । दोस्रो हाफको ४७ औँ  मिनेटमा यमीको क्रसमा गिल्सन लिम्बूले मिलाइदिएको पासलाई केएफटिसीका सुशील राईले गोल गरे । खेलको इन्जुरी समयमा सुशील राईलाई विपक्षी डिफेन्सले फल गरेपछि पाएको पेनाल्टीमा निशान लिम्बूले अर्को गोल गरे ।

खेलको म्यान अफ द म्याच भने केएफटिसीका यमी घोषित भई नगद  १० हजार पुरस्कार पाएका छन् । सोचेजस्तो खेल खेल्न नसक्दा आफ्नो टिम पराजित भएको युकेएफसीका प्रशिक्षक उर्गेन लामाले बताए । बिहीबार विदेशी टिम एभिनियर क्यामरुन र एन्फा मोरङबीच सेमी फाइनलको खेल हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पत्रकार र युवा सङ्घबीच भएको फुटबल प्रतियोगिता बराबरीमा

ललितपुर । केपी ओली कप अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको प्रचारप्रसारका लागि खेलकुद पत्रकार र

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आकर्षण ‘सिलाम साक्मा’

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवका

बेलायतमा भूपेन्द्रलाई दोहोरो स्वर्ण

  काठमाडौँ । नेपालका भूपेन्द्र गुरुङले बेलायतमा भएको ‘आइएमएसी’ खुला प्रतियोगितामा दुई स्वर्ण

थन्डरबोल्ट नर्थ युनाइटेडलाई ब्ल्याक बुल्स एफसी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ