साउथह्याम्पटनसँग चेल्सी पराजित



काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनल घरेलु टोली एस्टन भिल्लालाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

आर्सनलले एस्टन भिल्लाई ४–२ गोलले हरायो । आर्सनलका बुकायो साका, ओलेक्सन्डर जिन्चेन्को र गाब्रियल मार्टिनेलीले गोल गरे । उसले एक गोल उपहार पाएको थियो । भिल्लाका ओली वाट्किन्स र फिलिपे कौटिन्होले गोल गरे ।

जितसँगै आर्सनलको २३ खेलमा ५४ अङ्क भएको छ । पराजित एस्टन भिल्ला समान खेलमा २८ अङ्ककासाथ ११औँ स्थानमा छ। गएराति भएका अरु खेलमा लिभरपुलले न्युक्यासललाई २–० गोलले तथा साउथह्याम्पटनले चेल्सीलाई, बर्नमाउथले उल्भ्सलाई, एभर्टनले लिड्स युनाइटेडलाई र फुलह्यामले ब्राइटनलाई १–० गोलले हराएको छ । नटिङ्घम फरेस्ट र म्यानचेस्टर सिटी तथा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले एक÷एक गोलको बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा

  धरान । आरटिसी भुटान फुटबल क्लबलाई ७–० गोल अन्तरले हराउँदै चर्च ब्याइज

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि

मच्छिन्द्र आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

  कास्की । मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौँ । नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि